आगलागी हुँदा तीन घर जले

aago
सांकेतिक तस्बिर ।
सेयर गर्नुहोस्
0Shares

कार्तिक ११, ई–साझाकुरा

जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा गाईबस्तुलाई कुँडो पकाउन खोज्दा भएको आगलागीबाट तीन घर जलेका छन् ।

स्थानीयवासी नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले अन्य दुई घरसमेत जलेको जाजरकोटका डिएसपी किशोर कुमार श्रेष्ठले बताउनुभयो । आगलागीबाट घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा समेत जलेका छन् ।

तर गाईबस्तु तथा अन्य मानवीय क्षति भने नभएको डिएसपी श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here