हाँस्य कलाकार गजुरेललाई कोरोना संक्रमण

सेयर गर्नुहोस्
2Shares

कार्तिक ११, ई–साझाकुरा

चर्चित हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कलाकार मनोज गजुरेलले आफैले सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

उनले भनेका छन्, ‘भर्खरै प्राप्त रिपोर्ट अनुसार मेरो शरीरमा कोभिड–१९ पोजेटिभ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत विहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो ।’

त्यस्तै, उनले शनिबार ढाडको दुखाई महसुस गरेपछि  आइतबार पीसीआर टेस्ट गराएका थिए, भने सोमबार साँझ मात्रै कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको हो ।

उनले आफू विहीबारदेखिनै आइसोलेशनमा बसेको बताएका छन् । उनले भनेका छन्, ‘बाबु नानीहरुलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ ।”

उनले थप भनेका छन्, ‘मलाई अहिले गाह्रो हुनेखालका सिम्टम्स छैन । तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

यसका साथै उनले जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द्र समीरको सुझाव, सल्लाह र कोभिड उपचार गाइडलाइनमा रहेको पनि जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट चन्द्रमाको सतहमा पानी भेटिएपछि जीवनको सम्भावना तर्फ नयाँ पाइला
अगिल्लो पोस्ट राष्ट्रपति कार्यालयको आग्रह सामाजिक सञ्जाललाई शिष्ट र मर्यादित बनाऔँ