रुसको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु

सेयर गर्नुहोस्
2Shares

कार्तिक ११, ई–साझाकुरा

रुसले उत्तर सिरियाको इडलिब प्रान्तमा गरेको हवाई हमलामा परी ५० भन्दा बढी टर्की समर्थक लडाकुको मृत्यु भएको छ । सो हमलामा परी कैयौं लडाकु घाइते भएको र हमलापछि त्यस क्षेत्रमा हिंसा बढेको छ बीबीसीले जनाएको छ ।

समाचारमा जनाइएका अनुसार फेयलक अल साम नामक संगठनको प्रशिक्षण आधारलाई निशाना बनाएर रुसले हवाई हमला गरेको थियो । यस हमलासँगै रुस र टर्कीको मध्यस्थतामा इडलिबमा गरिएको युद्धविराम बिथोलिएको बताइएको छ ।

सो हवाई हमलामा अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मारिने लडाकुकको संख्या ७८ सम्म पुग्न सक्ने बेलायतस्थित मानव अधिकार संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएको छ ।

सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीका विरोधी पक्षले समर्थन गरिरहेका छन् । गत मार्चमा युद्धविराम भएयताकै यो नै सबैभन्दा ठूलो हमला रहेको मानवअधिकारवादी संगठनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मुख्यमन्त्री पोखरेल : प्रदेशको साझा मनोविज्ञान तयार पार्न दसैँले भूमिका खेलोस्
अगिल्लो पोस्ट चन्द्रमाको सतहमा पानी भेटिएपछि जीवनको सम्भावना तर्फ नयाँ पाइला