आईतवार संक्रमित हुनेभन्दा निको हुने बढी , शनिबार पनि त्यहीँ अवस्था

सेयर गर्नुहोस्
0Shares

नेपालमा लगातार दोस्रो दिन नयाँ संक्रमितभन्दा निको भएर डिस्चार्ज हुनेको संख्या बढी देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८५६ संक्रमित थपिएका छन् भने यही अवधिमा ३ हजार ३३६ जना निको भएर घर फर्किएका छन् ।

शनिबार पनि २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि हुँदा २ हजार ८४६ जना निको भएका थिए । हालसम्म १ लाख ११ हजार ६७० जना निको भएर घर फर्किसकेका छन् । नेपालमा निको हुने दर ७०.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको परीक्षण गरिएको थियो । नेपालमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ४५ हजार ५७२ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा सबैभन्दा बढी बागमती प्रदेशमा १,८४९ र सबैभन्दा कम प्रदेश २ मा ५९ जना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा मात्र १५ सय ३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ५ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ८५७ पुगेको छ । नेपालमा मृत्युदर ०.५ प्रतिशत रहेको छ । हाल ३२ हजार ५९३ जना होमआइसोलेनमा रहेका छन् भने २७७ जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना कहर ९ दिनमा आमा छोरा दुवैको मृत्यु
अगिल्लो पोस्ट जाडोमा चार लाख सम्म कोरोना संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय