ई–साझाकुरा, कार्तिक ८
कोरोना संक्रमणका कारण पाँच महिने बालिकाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिकाकी पाँच महिने बालिकाको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठका अनुसार बालिकालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
शुक्रबार नै उनलाई कोरोना पोजेटिभ देखिएको थियो । मृतक बालिकामा मस्तिष्क सम्बन्धी समस्या थियो ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।