एजेन्सी, कार्तिक ८
युराेपकाे काेराेना सेन्टर मानिएकाे इटालीमा फेरि संक्रमणले गति लिएकाे छ । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक काेराेना संक्रमित फेला परेका छन् ।
इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ १ लाख ८२ हजार स्वाब परीक्षण गर्दा १९ हजार १४३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो । वर्ल्डाेमिटर्सले पनि याे तथ्यांक अपडेट गरेकाे छ ।
एकैदिन १९ हजारबढी संक्रमित थपिएसँगै इटालीमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ८४ हजारभन्दा बढी पुगेकाे छ, जसमध्ये सक्रिय संक्रमित संख्या १ लाख ८६ हजारभन्दा बढी रहेको छ ।
इटलीमा हालसम्म ३७ हजार ५९ जनाको काेराेना संक्रमणकै कारण मृत्यु भएको वर्ल्डाेमिटर्सले जनाएको छ । त्यहाँ शुक्रबार मात्रै थप ९१ जनाकाे मृत्यु भएको छ । तर त्यहाँ हालसम्म २ लाख ६१ हजार भन्दा बढी मानिस भने संक्रमणमुक्त भइसकेका छन् ।
कोरोना संक्रमण युरोपमा फैलिँदा भाइरसको इपिसेन्टर बनेको इटालीमा फेरि संक्रमणको गति बढेको हो । संक्रमण बढेसँगै इटाली सरकारले गत हप्ता रात्रिकालिन कर्फयु सहितको नयाँ प्रतिबन्ध लागू गरेको थियो ।
युराेपका अन्य देशहरू बेलायत, फ्रान्स, स्पेन, रूस, बेल्झियम लगायतमा पनि संक्रमण दर तीव्र रूपमा बढिरहेकाे छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।