कोरोनाका कारण दाङमा एक पुरुषको मृत्यु

सेयर गर्नुहोस्
100Shares

कार्तिक ७ दाङ
दाङ । दाङको लमहीका एक ५५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।लमही नगरपालिका ५ का ती व्यक्तिको नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरको कोरोना युनिटमा उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको बिहीबार बेलुका मृत्यु भएको थियो । कोरोना संक्रमन पुष्टि भएपपछि उनी असोज २७ गते अस्पताल भर्ना भएका थिए । सम्भव भएसम्मका सबै विधि अपनाएर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार नआएपछि उपचारका क्रममा उनको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उनी लामो समयदेखि उच्चरक्तचाप र मधुमेह रोगबाट पीडित थिए । योसँगै बाँकेमा हालसम्म ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार विभिन्‍न जिल्लाबाट उपचारका लागि बाँके लगिएका १६ जना र बाँके जिल्लाकै २९ जनाको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जिल्ला प्रशासन दाङको आग्रह देउसी भैलो नखेल्नु, दर्शन गर्न मन्दिर नजानु
अगिल्लो पोस्ट वाणगंगामा ११ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ८६ पुग्यो