जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र स्लाम धर्मगुरु हरूको संयुक्त छलफल सम्पन्न

सेयर गर्नुहोस्
14Shares

कार्तिक ७, कपिलवस्तु

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मौलाना र मुस्लिम धर्मगुरु हरूको संयुक्त छलफल सम्पन्न भएको छ । छलफलमा नजिकदै गरेको पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा कोभिड–१९ को संक्रमणका कारण आ–आफ्नो घरमा बसेर मनाउने र कुनै पनि किसिमको र्याली ननिकाल्ने निर्णय गर्दै अनुरोध समेत गरेको प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले जानकारी दिए साथै पैगम्बर मोहम्मद दिवसको दिन सार्वजनिक बिदा समेत दिनु पर्ने माग सरकार सँग राखेको उनले बताएका छन् ।

यता भने अक्टूबर ३० सन् २०२० का दिन पैगम्बर मोहम्मद दिवसको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले शुभकामना संन्देश समेत जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।