कोरोनाको औषधि फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल सुरु हुने

सेयर गर्नुहोस्
204Shares

ई–साझाकुरा, असोज ६

कोरोना संक्रमितको उपचारका लागि उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायल हुने भएको छ ।

नेपाली औषधि कम्पनीले मुलुकमै पहिलो पटक उत्पादन गरेको फाभिरपिराभिर औषधिको तेस्रो चरणको क्लिनिकल ट्रायलको प्रक्रिया अगाडि बढ्ने भएको हो ।

देउराली जनता फर्मास्यूटिकल्सले उत्पादन गरेको ‘फाभिर–२००’ को ट्रायल सुरु गर्न लागेको हो। फाभिरपिराभिरको तेस्रो चरणको क्लिनिकल ट्रायल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्न लागेको बताएको छ ।

अबको एकदुई दिनमा क्लिनिकल ट्रायल सुरु गर्ने परिषद्का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीले बताएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज दशैंको छैटौं दिन, कात्यायनीको पूजा गरिँदै
अगिल्लो पोस्ट रेडपाण्डाको छालासहित चार जना पक्राउ