नेपाल र बंगलादेशबीच मैत्रीपुर्ण २ खेल हुने

कार्तिक ५ काठमाडौं ।
बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ ।
मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो । बीएफएफका महासविच अबु नईम शोहागका अनुसार नेपालले बंगालदेशसंग नोभेम्बर १३ र १७ तारिखका दुई खेल खेल्नेछ । अर्थात नेपाली मिति अनुसार नेपालले पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।
दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाईएको छ ।

प्रतिक्रिया