पूर्वी लद्दाखको डेकचक क्षेत्रमा भारतले एक चिनियाँ सैनिकलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्दै भारततर्फ आइरहेका थिए ।
भारतीय सेनाका अनुसार, चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतसँग पक्राउ परेका आफ्नो सैनिकको बारेमा जानकारी मागेको थियो । अब प्रोटोकलको पालना गर्दै ती सैनिक चीनलाई सुम्पिने भारतीय सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । गएको मे महिनायता भारत र चीन सेनाबीच सीमामा तनाव भइरहेको छ । यस क्रममा दुई सेनाबीच झडप पनि भएको थियो । गएको १५ जुन महिनामा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको ज्यान गएको थियो । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ता भइरहे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।