मन्दिरमै ‘खिइयो’ २ किलो सुन

सेयर गर्नुहोस्
64Shares

कार्तिक ३, ई–साझाकुरा

पशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ ।

अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो ।

पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो । तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके । त्यससँगै सुन हराएको प्रसंग पुनः खोतलिएको हो ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट शर्माको प्रस्ताव- दसैं भत्ताबाट भेन्टिलेटर किनौं
अगिल्लो पोस्ट विपद्जन्य घटनामा चार सय ४४ को मृत्यु….