पूर्वमन्त्री यादवको ८५ वर्षको उमेरमा निधन

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, कार्तिक २

पूर्वमन्त्री डा.डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए । सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ ।

पञ्चायती व्यवस्थामा शिक्षा मन्त्री रही सकेका यादव प्रजातन्त्र आएपछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका थिए । उनी मधेशी नागरिक समाजका अध्यक्षको हैसियतामा विभिन्न समाजिक कार्यमा समेत संलग्न हुँदै आएका थिए । उनको दाहसंस्कार आज सप्तरीमै हुँदैछ । उनका एकजना छोरा र एकजना छोरी छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट स्कारपियो दुर्घटना, पाँचको मृत्यु
अगिल्लो पोस्ट बर्दिया निकुञ्जमा खुल्यो जंगल ड्राईभ र जंगल वाक