ईमोको लोटरीले फसायो, गरेर ठगी गर्ने गिरोह पक्राउ

सेयर गर्नुहोस्
171Shares

कात्तिक १, दाङ

दाङ प्रहरीले भारतमा लोटरी परेको छ भन्दै ‘फेक कल’ गरेर दुइ ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्लाको लमही नगरपालिकाका दुई जना महिलाको ६३ हजार रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तमा ती दुई जना महिलालाई लोटरी परेको र ट्याक्स तिनुपर्छ भन्दै पटक पटक ईमो, भाइबरलगायतबाट फोन गरेर आईएमईमा पैसा राख्न लगाएको उजुरी परेपछि रौतहट र पर्सा जिल्लाका ३ जनालाई पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा रौतहट सुमन झा, सोनालाल ठाकुर र पर्साका राजनारायण चौरासीया रहेका छन् । दाङ प्रहरीले रौतहट र पर्सा प्रहरीसँग समन्वय गरेर पक्राउ गरी दाङ ल्याएको डिएसपी खड्काले बताए । प्रहरीले लोटरीका विषयमा कतैबाट फोन आए तत्काल प्रहरीमा खबर गर्न अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पूर्व राजा शाहले सर्बसाधारणलाई दशैँको टिका नलगाइदिने
अगिल्लो पोस्ट पुरानै रङमा वाणगंगाका सामुदायिक विद्यालय