टीकामा भौतिक दूरी कायम गर्न अनुरोध

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, कार्तिक १

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले दशैँमा टीका लगाउँदा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।

रुघाखोकी लागेकाले अभिभावकबाट टाढा रहेर आशीर्वाद लिएर सम्भावित जोखिमबाट बच्न र बचाउने केन्द्रले सबै नागरिकलाई अनुरोध गरेको छ ।

ज्येष्ठ नागरिकमा रोग प्रतिरोधात्मक शक्ति कम हुने हुँदा बडादशैँमा टीका थापेर आशीर्वाद ग्रहण गर्दा विशेष ध्यान पु¥याउन जरुरी रहेको भन्दै टीका आदानप्रदान गर्दा, खाना बनाउँदा आफू र ज्येष्ठ नागरिकलाई पनि हात धुन लगाउन केन्द्रले अनुरोध गरेका केन्द्रका अधिकृत दिलीपकुमार महर्जनले जानकारी दिए ।

साथै केन्द्रले यस वर्षको दशैँमा बसोबास रहेकै ठाउँमा घरपरिवारबीच मात्र मनाउन अनुरोध गरेको छ ।

         यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कार्तिक १५ गतेसम्मका लागि आजबाट देशभरका अदालत बन्द
अगिल्लो पोस्ट पाल्पा अस्पताल बन्द