कार्तिक १५ गतेसम्मका लागि आजबाट देशभरका अदालत बन्द

सेयर गर्नुहोस्
333Shares

ई–साझाकुरा, कार्तिक १

घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ।

विगत वर्षमा जस्तै घस्थापना  कात्तिक १ गतेदेखि १५ गते  सम्मसम्मका लागि सबै अदालत बन्द रहने भएको हो। अदालतबाट नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ।

जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ।

त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रनेछन्।

 

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एकैदिन ४ लाखभन्दा बढी संक्रमित थपिए
अगिल्लो पोस्ट टीकामा भौतिक दूरी कायम गर्न अनुरोध