घुससहित सामुदायिक वनका अध्यक्ष पक्राउ

सेयर गर्नुहोस्
230Shares

असोज ३० काठमाडौं ।

सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको छ ।

वन मुद्दा मिलाउनका लागि रेन्जरलाई घुस दिन बहाना बनाइ सेवाग्राहीसँग उक्त रकम लिइसकेको अवस्थामा रानालाई पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

कैलालीको तारानगरस्थित सवडिभिजन वन कार्यालयले ट्याक्टरमा लोड भएको काठसहित चालकलाई नियन्त्रणमा लिएको थियो । सोही घट्नासम्बन्धि मुद्दा मिलाइ दिने बाहनामा वन कार्यालयका रेन्जर राम अवतार चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष रानालाई धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोडबाट बिहीबार नियन्त्रणमा लिएको अधिकारीले बताए ।

अध्यक्ष रानालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट आज राति बाट मलमास सकिँदै
अगिल्लो पोस्ट दाङमा ६१ जनामा कोरोना पुष्टि