स्वास्थ्यकर्मीले लक्षण देखिएमात्र क्वारेन्टिन बस्नुपर्ने

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, असोज ३०

रकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको छ ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् ।

यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने प्रचलन थियो । त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।