कपडा पेल्ने मेसिनमा च्यापिएर १५ वर्षीय किशोरको मृत्यु

सेयर गर्नुहोस्
92Shares

ई–साझाकुरा, असोज ३०

महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर गम्भीर घाइते भएका थिए ।

अत्यधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता कपडा पेल्ने मेशिनसहितको ट्याक्टर र चालक रौतहट, ईशनाथ नगरपालिका–९ बस्ने २३ वर्षीय असलम मियाँ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको जनाइएको छ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोनाबारे नयाँ अनुसन्धान : जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ
अगिल्लो पोस्ट बूढीगण्डकीमा घुस बाँडेर खाएको बाबुरामको अभिव्यक्ति गैरजिम्मेवार : प्रधानमन्त्री