रुकुमका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु

सेयर गर्नुहोस्
67Shares

ई–साझाकुरा, असोज ३०

कुम पश्चिमका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १४ का ३३ बर्षीय पुरुषको नेपालगन्ज मेकिडल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज विहान ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । यससँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना संक्रमण सेना र प्रहरीमा बढ्ने क्रममा
अगिल्लो पोस्ट कोरोनाबारे नयाँ अनुसन्धान : जीवनभरीका लागि श्रवण शक्ति नष्ट पारिदिन सक्ने नयाँ