कपिलवस्तुको वाणगंगा ७ मा युवाहरुलाई खेलकुद सामग्री वितरण

सेयर गर्नुहोस्
302Shares

असोज २९ कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले चालु आर्थिक वर्ष ०७७÷्७८ को योजना अन्र्तगत युवा लक्षित कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका ९० जना युवाहरुलाई रु. एक लाख बराबरको खेलकुद सामग्री वितरण गरेको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो । जस मधये मोतिपुर, मोतिपुर डाँडा, र बगनगाईका ४५ जना युवाहरुलाई फुटबल खेल सामग्री जर्सी फुटबल पम्प र ४५ जनालाई क्रिकेट खेलका सामग्री व्याट बल र स्टिम वितरण गरेको छ ।
चालु आर्थिक वर्षको युवा लक्षित कार्यक्रममा विनियोतिज बेजेट बाट सो कार्यक्रम सम्पादन गरिएको हो । कार्यक्रममा खेलकुद सामाग्री वितरण गर्दै वडा अध्यक्ष गिरीले युवाहरुलाई खेल प्रति हौसला प्रदान भई खेलको विकासमा टेवा पुग्ने बताउनुभयो । कार्यक्रम वडा कार्यालयको सभाहल मोतिपुरमा आयोजना गरिएको थयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुमा बिहिबार थपिए १२ जना नयाँ संक्रमित
अगिल्लो पोस्ट राजधानी विरोधको क्रममा स्कुटर जलाउने ४ जना प्रकाउ