ई–साझाकुरा, असोज २९
दाङको तुलसीपुर उपमहानगरपालिकामा आज २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा उपमहानगरका कर्मचारी सहित २२ जनामा कोरोना पुष्टि भएको तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभएको छ ।
जसमा ४ महिला र १८ जना पुरुष रहेका छन् । यससंगै तुलसीपुरमा कोरोना संक्रमित संख्या ६६८ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना मुक्त भएका छन् । अब संक्रिय संक्रमितको संख्या तुलसीपुरमा मात्र १ सय ४२ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।