चार महिनाभित्र ३६१ प्रतिवादी पक्राउ

सेयर गर्नुहोस्
20Shares

असोज २९ बाँके
फैसला कार्यान्वयन अन्तर्गत जिल्ला प्रहरी कार्यालय, बाँकेले चार महिनामा ३६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

अदालतबाट कैद र जरिवाना सजायको फैसला भएपनि भुक्तानीका लागि अदालतमा हाजिर नभई फरार भएकालाई पक्राउ गर्ने अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरी अदालतमा बुझाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

उनले अदालतबाट सजायको फैसला भई फरार रहेका ३१५, मुलतवीमा रहेका २३ र चालू मुद्दामा फरार रहेका २३ जना गरी ३६१ जनालाई पक्राउ गरिएको बताए। उनका अनुसार सबैभन्दा धेरै भदौ महिनामा २४१ जना फरार प्रतिवादी पक्राउ परेका छन्। त्यसैगरि, असार र असोजमा ५६र५६ जना र साउनमा आठ जनालाई पक्राउ गरिएको छ।

बाँके प्रहरीले फरार कसूरदारबाट ११ लाख ६८ हजार ५८६ रुपैयाँ जरिवाना असुल गरेको एसपी रानाले बताए। यस अवधिमा बाँके प्रहरीले ९८ वर्ष दुई महिना २० दिन कैद सजाय असुल गरेको छ। ‘पक्राउ पर्नेमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागूऔषध दुर्व्यसन र जबरजस्ती करणी मुद्दामा अदालतबाट सजायको फैसला भएका प्रतिवादी छन्,’ उनले भने।

बाँकेमा अदालतबाट फैसला भएपछि दुई हजार २१० जना र प्रहरीमा मुद्दा दर्ता भई फरार रहेको संख्या १४८ भएको एसपी रानाले जानकारी दिए। उनले अझै एक हजार ९९७ जना फरार रहेको बताए।

तर, बाँके प्रहरी फैसला कार्यान्वयनमा लुम्बिनी प्रदेशमा सवैभन्दा अघि भएको छ। लुम्बिनी प्रदेशका सबै जिल्लामा ५२० जना फरार कसूरदार पक्राउ परेका छन्।

तीमध्ये ३१५ जनालाई बाँके प्रहरीले पक्राउ गरेका रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० राजकुमार बैदवारले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, बाँकेले चालू आर्थिक वर्षको चार महिनामा ३१५ जना फरार कसूरदार पक्राउ गरी अदालतको आदेशमा कारागार पठाएको उनले बताए। कोरोना कहरमा फरार कसूरदारहरू यताउता जान नपाएपछि पक्राउ गर्न सजिलो भएको उनको भनाइ छ।

फैसला कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय बर्दिया दोस्रो भएको छ। बर्दिया प्रहरीले ३९ जना फरार कसूरदारलाई पक्राउ गरी कारागार पठाएको छ। कपिलबस्तु प्रहरीले ३२, नवलपरासी प्रहरीले २७ र दाङ प्रहरीले २४ जना फरार कसूरदारलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ।

यस्तै, पाल्पा प्रहरीले २२, रुकुम पूर्वले १८, अर्घाखाँचीले १३, गुल्मी र रोल्पा प्रहरीले १०र१०, प्यूठानले सात र रुपन्देहीले तीनजना फरार कसूरदारलाई पक्राउ गरी अदालतमा बुझाएकोछ।

लुम्बिनी प्रदेश प्रहरीले चालू आवको चार महिनामा सवैभन्दा धेरै जालसाजी मुद्दाका कसूरदारलाई पक्राउ गरेको एसएसपी बैदवारले बताए। उनका अनुसार यस अवधिमा जालसाजी मुद्दामा सजाय पाएर फरार भएका ६० जना कसूरदारलाई पक्राउ गरी अदालतमा बुझाएको छ।

लुम्बिनी प्रदेश प्रहरीले चालू आवमा चोरी अभियोगमा अदालतबाट सजाय तोकिएपछि फरार भएका ५५ जना कसूरदारलाई पनि पक्राउ गरेको छ। कुटपिटका ३९ र कुटपिट–लुटपिटका ३७ जना फरार कसूरदार पनि पक्राउ परेका छन्‌।

सम्बन्ध विच्छेदका ३१, लागूऔषध दुर्व्यसनसम्बन्धी २७, जुवा तास ३० र सवारी ज्यानसम्बन्धी कसुरमा सजाय तोकिएर फरार रहेका २२ जनालाई पनि पक्राउ गरिएको छ।

लुम्बिनी प्रदेश प्रहरीले दिएको जानकारी अनुसार, जुवा तास मुद्दामा सजाय पाएका ३०, गाली बेइज्जतीका १९, बहुविवाह, जवरजस्ती करणीका १७–१७, लेनदेन १४, लुटपाट तथा केहि सार्वजनिक अपराध मुद्दाका १३–१३ जना कसूरदारलाई पनि पक्राउ गरिएको छ।

‘अदालतले कैद र आर्थिक जरिवाना हुने फैसला गरेपछि फरार भएका कसूरदारलाई पक्राउ गरी अदालतमा बुझाउन मातहतका प्रहरी कार्यालयले पहल कदमी लिएपछि छोटो अवधिमा धेरै फरार अभियुक्त पक्राउ गर्न सफल भएका छौँ,’ बैदावारले भने, ‘यसले प्रहरी संगठनमा इतिहास रच्ने काम भएको छ।’

उनले चार महिनामा कर्तव्य ज्यान सम्बन्धि मुद्दामा सजाय पाएका १२ जना कसूरदारलाई पक्राउ गरी कारागार चलान गरेको बताए। लुम्बिनी प्रदेशमा पर्ने जिल्ला प्रहरी कार्यालयले लेनदेन १४, कुटपिट, अंगभंग ११, बन र बैंकिङ कसुर सम्बन्धि १०–१० तथा जग्गा र लिखत बदर सम्बन्धि मुद्दामा सजाय पाएका ६–६ जना फरार कसूरदारलाई पक्राउ गरी अदालतको आदेशमा कारागार पठाएको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।