चेन्नईको तेस्रो जित

ई–साझाकुरा, असोज २८

आइपिएलमा चेन्नई सुपरकिंग्सले तेस्रो जित हात पारेको छ। चेन्नईले मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई २० रनले पराजित गरेको हो।  पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

चेन्नईका लागि ओपनिङ गरेका साम कुरानले २१ बलमा ३१ रन जोडे। अर्का ओपनर फाप डु प्लेसिस भने शून्यमा आउट भए। सेन वाट्सनले ४२ रन र अम्बाती रायदुले ४१ रन बटुले। रवीन्द्र जडेजाले १० बलमा नटआउट २५ रन जोडे।

बलिङमा हैदरावादका सन्दीप शर्मा, खलील अहमेद र टी नटराजनले २-२ विकेट लिए।  १६८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रन मात्र जोड्न सक्यो। उसका लागि मध्यक्रमका ब्याट्सम्यान केन विलियमसनले ५७ रन जोडे। अन्य ब्याट्सम्यान चेन्नईका बलरसामू टिक्न सकेनन्।

बलिङमा चेन्नईका कर्ण शर्मा र डिजे ब्राभोले २-२ विकेट लिए । साम कुरान, जडेजा र शार्दुल ठाकुरले १-१ विकेट हात पारे।

जितसँगै अंक तालिकाको छैटौं स्थानमा रहेको चेन्नईले ८ खेलबाट ६ अंक जोडेको छ। हैदरावाद समान खेलबाट समान अंक जोड्दै पाँचौ स्थानमा छ।

आइपिएलमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच खेल हुनेछ।

प्रतिक्रिया