प्रहरी प्रमुखसहित कपिलवस्तुमा ८ जनामा कोरोना पुष्टी

सेयर गर्नुहोस्
377Shares

असोज २७ कपिलवस्तु
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख सहित आज ८ जनामा कोरोना सङ्क्रमण भएको छ। असोज २४ गते लिइएको स्वाबमा उनीहरुमा कोरोना देखिएको हो। कपिलवस्तुमा डिएसपी धर्मराज भण्डारीलाई कोरोना सङ्क्रमण निको भई काममा फर्किएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३, शिवराज नगरपालिकामा ३ र कपिलवस्तु नगरपालिकामा २ गरी ८ जनामा कोरोना पुष्टि भएको छ।योसँगै कपिलवस्तुमा १ हजार ४ सय २२ जनामा कोरोना संक्रमिण भइसकेको छ। जिल्लामा १ सय ८ जना सक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताए। कपिलवस्तुका २ स्थानीय तहमा कोरोना संक्रमित संख्या शून्य छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट स्वास्थ्य सामाग्री हस्तान्तरण
अगिल्लो पोस्ट बिरामीमा कोरोना संक्रमण पृष्टि पछि पिपरा अस्पताल शिल