ई–साझाकुरा, असोज २७
एनआईसी एशिया बैंकले चाडपर्वलाई लक्षित गर्दै अनलाइन सामान खरिद गर्ने ग्राहकलाई आकर्षक नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्तर्गत ई-कमर्शबाट डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
अनलाइन किनमेल बढिरहेको अवस्थालाई मूल्याङ्कन गर्दै बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिन याे योजना ल्याएको हो । (Sastodeal and Gyapu Marketplace ) मा २० प्रतिशत वा.२००० रुपैयाँसम्म, Kalmart मा २५ प्रतिशत वा १५०० रुपैयाँसम्म तथा Thulo Pasal, Infistore and Okdam मा १५ प्रतिशत वा १००० रुपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरिएकाे बैंकले जनाएको छ ।
बैंककाअनुसार यो योजना आउँदो २७ असोजदेखि १ कार्तिकसम्म जारी रहने छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।