डोजर पल्टिँदा एक जनाको ज्यान गयो

सेयर गर्नुहोस्
14Shares

असोज २६ रुकुम पश्चिम

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा सडक खन्ने क्रममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । सडक खन्ने क्रममा स्थानीय वडा नं. ९ का ३७ वर्षीय दीपेन्द्र ओलीको ज्यान गएको प्रहरीले जनाएको छ ।

नविन कृष्ण कन्ट्रक्शन प्रालीकाे रा १ क ११३७ नम्बरको डोजरका चालक दीपक ओली भने घटनापछि भागेका छन् । घटनालगत्तै मृतक ओलीका आफन्तले आन्दोलन गरेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिबहादुर ओलीले बताउनुभयो ।

मृतकका आफन्तले  अहिलेसम्म शव बुझेका छैनन् । दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने आफन्तको अडान छ । अहिले दुवै पक्षलाई बोलाएर छलफल भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कपिलवस्तुमा सोमबार थपिए ८ जना संंक्रमित
अगिल्लो पोस्ट अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखुल्ने