कपिलवस्तुका पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना

सेयर गर्नुहोस्
0Shares

असोज २६, कपिलवस्तु

कोरोना भाइरस (कोभिड–१९) तीव्र रुपमा बढिरहेकाे अवस्थामा चाडपर्व निजकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

दुर्घटना न्यूनीकरण तथा यात्रुहरुको सेवा सुविधाका लागि कपिलवस्तुका पाच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक दिलिप क्षेत्रीले कपिलवस्तुको कृष्णनगर चन्द्रौटा गोरुसिंगे तौलिहवा पिपरा गरी पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताए। उनले यात्रुहरूको चापलाई व्यवस्थित गर्न, भाडा असुली र सार्वजनिक यातायातका सवारीहरूमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए।

यात्रुहरूका कुनै समस्या वा जिज्ञासा भए नजिकै रहेको सहायता कक्षमा सम्पर्क राख्न प्रहरी निरीक्षक क्षेत्रीले आग्रह गरे।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भालुवाङमा प्रदेश राजधानी क्षेत्रको भूकम्पीय जोखिम मापन
अगिल्लो पोस्ट कपिलवस्तुमा सोमबार थपिए ८ जना संंक्रमित