ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो

सेयर गर्नुहोस्
2Shares

असोज २६,काठमाण्डौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनासम्बन्धी पछिल्लो पोष्ट ट्वीटरले नदेखिने बनाएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै ट्वीट गर्नुभएको थियो । कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको ट्वीटरले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

योभन्दा अगाडि पनि अमेरिकी राष्ट्रपति ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले हटाउँदै आएका थिए । योभन्दा अगाडि फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा पनि राष्ट्रपति ट्रम्पले आफूमा प्रतिरक्षा प्रणालीको विकास भएकोले दोस्रो व्यक्तिमा कोरोना नसर्ने बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले पटक(पटक विभिन्न औषधिलाई प्रतिरक्षा प्रणालीको विकास गर्ने औषधि भएको दाबी गर्दै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले आजदेखि चुनाव प्रचार गर्दै हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोना जोखिम बढेपछि घोराहीका विद्यालय २० दिन बन्द 
अगिल्लो पोस्ट  दुई जनाविरुद्ध २ अर्ब ३९ करोड बिगो राखेर मुद्दा दायर