कोरोना जोखिम बढेपछि घोराहीका विद्यालय २० दिन बन्द 

सेयर गर्नुहोस्
123Shares

असोज २६ दाङ ।
दाङको घोराही उपमहानगरपालिकाले कोरोना संक्रमण र जोखिम बढेपछि २० दिन सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भैरहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ ।

नगरका कार्यबहाक प्रमुख श्री भरतमणि अर्यालको अध्यक्षतामा आज बसेको शिक्षा समितिको बैठकले विद्यालय २० दिन बन्द गर्ने, कक्षा ११ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । साथै शिक्षा महाशाखा एवं विद्यालयहरुले भने दैनिक प्रशासनिक कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसअघि दाङको बबई गाउँपालिकाको वडा नम्बर ६ ले पनि आफ्नो वडामा रहेका विद्यालयलाई बन्द गरेको थियो । यस्तै समुदायमा कोरोना जोखिम देखिएपछि प्युठानको नौबहिनी गाउँपालिकाले पनि विद्यालय बन्द गरेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट ब्राजिलमा कोरोना भाइरसः ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो
अगिल्लो पोस्ट ट्रम्पको पछिल्लो ट्वीट ट्वीटरले नदेखिने बनायो