नेपालमा विदेशी रक्सीको आयात खुल्यो

असोज २५, काठमाण्डौ ।
सरकारले विदेशी तयारी रक्सीको आयात खुला गरेको छ ।
२०७६ सालको चैत २४ गते राजपत्रमा भएको व्यवस्था संशोधन गरेर सरकारले विदेशी तयारी रक्सीको आयातमा रोक लगाएको थियो । तर यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्रमा भएको व्यवस्था संशोधन गरेर रक्सी आयात खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै ५० हजार डलरभन्दा धेरै मूल्यको गाडी भित्र्याउन लगाइएको रोक पूर्णरुपमा नहटे पनि सर्तसहित भित्र्याउन पाइने भएको छ । अब विदेशी कुटनीतिक नियोग, कुटनीतिक सुविधा प्राप्त अन्तर्राष्ट्रिय सङ्घ संस्था र ती कार्यालयमा काम गर्ने कुटनीतिक सुविधा पाएका कर्मचारीले निजी सुविधाको लागि ५० हजार डलरभन्दा धेरै मूल्यका गाडी आयात गर्न पाउने छन् ।

प्रतिक्रिया