असोज २५, काठमाण्डौ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना हुनुभएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।