कैलालीका एसपीलाई थप उपचारको लागि काठमाडौँ ल्याइयो

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, असोज २५

कोरोना संक्रमित जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर राणालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । राणालाई २० असोजमा कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएसँगै राणाको धनगढीमै उपचार भइरहेको थियो । सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा बरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले धनगढीबाट राणालाई थप उपचारको लागि काठमाडौँ पठाइएको पुष्टि गरे ।

एसएसपी सिंहकाअनुसार आइतबार बिहान एसपी राणालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । राणाको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँस्थित प्रहरी अस्पतालमा पठाइएको सिंहले जानकारी दिए । राणालाई ज्वरो आउने, टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ । राणाले १८ असोजमा स्वाब संकलन गरेर सेती प्रादेशिक अस्पतालमा परीक्षणको लागि पठाएका थिए ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।