कपिलवस्तु स्थित ओदारीमा एक पसल सिल , वाणगंगा ७ को ओडि जनलर सप्लायर्समा पनि म्याद सकिएका सामान

सेयर गर्नुहोस्
79Shares

ई-साझाकुरा, असोज २१

चाडपर्व नजिकिए सँगै कपिलवस्तुमा बजार अनुगमन तिव्र पारीएको छ । यसै बिच बुधबार भएको बजार अनुगमनबाट वाणगंगा ११ गुप्ता खाद्यान्न तथा जनरल स्टोर्सलाई स्थानीय प्रशासनले सिल गरेको छ ।

बुधबार पसलमा पुगेको अनुगमन टोलीले म्याद सकिएका खाद्यान्न तथा पेय पदार्थ अनुगमनको बेला फेला पारे पछि पसल सिल गरिएको हो ।

इलाका प्रशासन कार्यालयको नेतृत्वमा इलाका प्रहरी कार्यालय पिपरा र नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको प्रतिनिधि टोली बजार अनुगमनमा पुगेका थिए ।
अनुगमनका क्रममा गुप्ता खाद्यान्नले गम्भीर लापरबाही गरेको भन्दै पसल सिल गरिएको बताईएको छ ।

इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा अधिकांश सामग्री म्याद सकिएका, म्याद सकिएका अखाद्य बस्तुको विक्रिवितरण गर्नु कानुन विपरित हुने भन्दै आवश्यक कारबाहीका लागि पसल सिल गरिएको ज्ञवालीले बताउनुभयो । थप अनुगमन पछि पसलको सिल हटाउन सकिने प्रशासनले जानकारी दिएको छ ।

गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा मदिरा पनि कारोबार हुने गरेको पाइएको छ । केशर मदिरा पसल र एन के सप्लायर्स पनि सञ्चालन हुँदै आएको यस पसलमा अधिकांश मदिरा पनि म्याद नाघेका भेटिएका छन् ।

पसलका सञ्चालक श्याम गुप्ताले भने ग्राहकलाई म्याद सकिएका सामान नबेचेको दाबी गरेका छन् । कोठा अभावका कारण सामान राखेको भएपनि उपभोक्तालाई उक्त सामान नबेचेको उनको दाबि छ ।

वाणगंगा ७ को ओडि जनलर सप्लायर्सले पनि म्याद सकिएका सामान बेच्ने गरेको अनुगमन टोलीले फेला पारेको छ । पसल भित्र रहेका मसला, चियापत्ती लगायतका सामान म्याद नाघेका भेटिएका हुन् । यस्तै पसलमा मूल्य सूची नभएको, म्यादसहित लेबल लगाएका सामान नभएको पनि पाइएको छ ।

कक्षपति सप्लायर्सले भने होडिङ बोर्ड नराखेर पसल सञ्चालन गरेको पाइएको छ । प्रशासनले अबको केही दिनभित्र होडिङ बोर्ड राख्न निर्देशन दिएको छ ।

बनगाईमै रहेको विएण्डबी सप्लायर्स भने अनगुमनकाक्रममा बन्द अवस्थामा भेटिएको छ । अनुगमन टोली आउँदैछन् भन्ने थाहा पाएर मालिक भागेको हुन सक्ने शंका गरिएको छ । तर सञ्चालकले भने आफुहरु नभागेको , गाडीमा सामान सप्लाई गर्न गएको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।