बाणगंगा ५ मा प्रतिक्षालय सिलन्यास

सेयर गर्नुहोस्
106Shares

श्रीधर पोख्रेल, असोज २१

कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर ५ सिमलखोर स्थित मुल बाटो बाट १०० मिटर भित्र प्रतीक्षालयको सिलन्यास गरिएको छ ।

यात्रु तथा आम पैदल यात्रीलाई सहज होस् भनि प्रतीक्षालय निमार्ण थालिएको बताइएको छ । प्रतिक्षालय निमार्ण हुने भएपछि स्थानिय खुसि भएका छन् । ई–साझाकुरासगँ बोल्दै स्थानियले भने हामी वडा नम्बर ५ का बासिन्द भाग्यमानी छौँ , एक विकासप्रेमी वडाध्यक्ष आए पछि धेरै सहज रहेको बताउदै वडाका निम्ती उहँ सधैँ अगाडी बढ्ने बताएका छन् ।

प्रतिक्षालय गाउँको लागतबाट निमार्ण हुने भएको छ तर वडाध्यक्ष भिष्मराज भुसालले भने प्रतिक्षालय निमार्णमा आफ्नो वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । आज वडाध्यक्ष श्री भिष्मराज भुसाल , राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष श्री दधिराम आचार्य र स्थानियको उपस्थितिमा विधिवत रूपमा सिलन्यास गरिएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट हावाबाट कोरोना संक्रमण बढी फैलिरहेको सीडीसीकाे दाबी
अगिल्लो पोस्ट सबै प्रकारका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति