करेन्ट लागेर युवकको मृत्यु

सेयर गर्नुहोस्
173Shares

असोज २० रुपन्देही ।
रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नवलपरासी घर भई रुपन्देही तिलोत्तमा नगरपालिका–१ बस्ने ३० वर्षीय धर्मेदर सहनीको मृत्यु भएको हो ।
सोमबार दिउँसो अन्दाजी साढे १ जबेतिरको समयमा तिलोतमा नगरपालिका–९ कालीगण्डकी पथस्थित यज्ञमुर्ति बस्यालको घरमा मार्बल लगाउने क्रममा अचानक करेन्ट लागि सहनी घाइते भएका थिए ।
घाइते अवस्थामा क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।
प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्कालगायतका प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि ५ नम्बर प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जसपा द्वारा पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता
अगिल्लो पोस्ट कांग्रेसले जारी गर्यो दाङको विपक्षमा मतदान गर्न ह्वीप