राजधानी बिरुद्ध सोमवार ( आज ) लुम्बिनी बन्द

सेयर गर्नुहोस्
104Shares

ई-साझाकुरा, असोज १८ 

बुटवल-प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरुद्धमा रुपन्देही संयुक्त सञ्जालले साविक लुम्बिनी अञ्चलका क्षेत्र बन्दको आह्वान गरेको छ। सञ्जालले सोमबार साबिक लुम्बिनी अञ्चलमा बन्दको आह्वान गर्दै प्रदेशको राजधानी सार्ने प्रस्तावका विरुद्धमा एकजुट भएर प्रदेश सभा घेराउ गर्नका लागि आह्वान गरेको छ।

सञ्जालका संयोजक खिमबहादुर हमालले सरकार र सांसदलाई दबाबस्वरुप साबिक लुम्बिनी अञ्चलका ६ जिल्ला रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाँचीमा बन्दको आह्वान गरेको जानकारी दिए। सञ्जालले सोमबार प्रदेशसभा घेराउ गर्ने कार्यक्रम रहेको संयोजक हमालले बताए। सञ्जालले आइतबार बुटवलमा प्रदर्शन गर्दै रुपन्देहीमै राजधानी कायम गर्न माग गरेको थियो।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश राजधानीप्रति नेविसंघ सितगंगाको समर्थन
अगिल्लो पोस्ट वाटसन र डु प्लेसीले कीर्तिमानी साझेदारी गर्दा चेन्नाईको शानदार जित