परदेश बाट आमाको माया

सेयर गर्नुहोस्
9Shares

अरुण भट्टराई
आमा म सानो छदाँ हामीलाइ भेट्न आउनु भएको थियो एकजना नातेदार । खाना खाएपछी नातेदार र अनि हामी सबै सुत्ने तरखर गर्दागर्देै केही बेरको गन्थनमन्थन पछी भुतको कथा भन्नुभको थियो नि,त्यो आफन्तीले, भुतको कथा सुन्दा म डरले उहाँको गर्दनमा चपक्क छोपी छातिमा टासिएर आँखा चिम्मगरी सुतेको थिए, निदाएपछी मलाइ म सुत्ने ठाउमा लगेर सुताउनु भएको थियो। अनि म बिहान उठ्दा बल्ल थाहा पाएको यो कुरा, मलाइ त्यतिबेला सामान्य लाग्यो तर आज मलाइ त्यही सामान्य लागेको कुरा आमाको माया अनि आफन्तको भुतको कथाले पटक पटक झस्काइ दिन्छ । तर म अहिले सुनेको भुतको कथा भन्दा, सोच्न नसकेको भबिष्य कथासगँ डराइरहेको छु ।
खै कसरी सुरु गरौ आमा म जस्ता छोराहरु यो संसारमा करोडँौ जन्मिए होलान्, लाखाँै हुर्किए होलान, हजारैँ सगँ मेरो सगत भयो , मेरा सयौ साथीहरु छन, तर सबैको सुरसार फरक फरक छ, एउटा परिवार र परीवारका पेटहरु पाल्नका निम्ती । हजारैाँ प्रतिस्पर्धी लाइ उछ्रिन्दै, सयौँ लाइ पछार्दै त्यही पेटको जाउलोको निम्ती लडिरहनुपर्ने अबस्था छ, आमा म पनी यी पापी कुराहरुबाट टाढाँ बस्न सकिन । म बेहोसी हुदाँ समेत अङ्गाल्ने ममताकी खानी तिमीलाइ यि र यस्तै परिस्थितिले जरा गाड्दा छाड्न बाध्य भएको छु । आमा तिमिले मलाइ हुर्काउदा, साथ र मायाको बदलामा मयााकै आस थियो होला, तर मलाइ लाखैाँको भिडमा जिन्दगी खास भैदियो । कि न की बाँकी दुनियालाइ तिम्रो माया म मा जन्मसिद्घ एउटै रतग हो भन्ने थाहा हुदाँ हुदै पनी जल्ने गरेको अनुभव भइरहेको छ सारा दुनियाँले मलाइ देख्दा वाह मोज छ मेरो जिन्दगी १तर आमा मलाइ निकै बोझ छ मेरो जिन्दगी११ किन कि आमा, भलो चाहने भन्दा अरु सबै जल्छन अरे ….

मेरो जिन्दगी के हो थाहा छैन, कस्तो बन्छ कल्पना गर्न सक्दैन कि न कि यहा अदृश्य जिबको त खोजी भइसकेको छ अझ म त आखाँको अगाडिनै देखिने । बिश्वास नै संसारको सबैभन्दा सुन्दर बिरुवा हो जुन माटोमा होइन मुटुमा पाइन्छ भन्छन् त्यो मुटुमा रोपेको तिम्रो बिश्वासको बिरुवा आज रुख बनेको छ, पानी चार्न जादा रुखमा फलेर खसेका फललाई तिम्रा फुटेका हालते मुसारेर भित्र लगी नखाइ नखाइ साचेर राखेकी हौ की जस्तो लाग्छ मलाइ कहिलेकाँहि , तर तेसो नगर्नु आमा, किन कि मैकामा हिरा फोड्न सिकाको हाम्रो समाजको सगँत गर । यदि सगैँ खान साँचेर राख्यौभने फल कुहिन सक्ला,… अर्को पटकको फल खान्छु भनौली पेरी पनी अर्कैले पानी चारेको दाबी गर्ला, ….फेरी कुरेर बसौली त्यती बेला मेरा हागाँ बिगाँ, जरा बाट फल खानका निम्ति माथि उक्लिने धेरै हुन सक्छन तेसैले फल स्याहार्ने काम नगर्नु, किन कि भर गर्नु तर भर नपर्नु ,आस गनु तर बिश्वासमा नबस्नु भन्छन् । आमा भगवानले तिमिलाइ हरेक दिन एउटा सुन्दर उपहार दिनुभएको छ त्यो हो ,प्रत्येक दिनको बिहानी । प्राय, सुर्यको किरण सगै बहार लिएर अउछ, तर कहिले काही आधि, हुरी, मेघ, पानी, आसु, रोदन पनी दिन सक्छ पिर नगर्र्नु, किनभने अदृश्य भगवानले दिएको हरेक कोसेलीलाइ स्विकार गर्न मलाइ सिकाउने साक्षत देबी है तिमाी , जिन्दगीको सच्चाई मलाइ भन्दा धेरै थाहा छ तिमिलाइ , तिमी दुखमा एक्लै र खुसीमा सारा संसारलाइ हसाइ रहेकी थियौ, मलाइ याद छ , हाम्रो मझेरीको भान्सा बरीपरीको काम, तिम्रो हसिलो अनुहार, मिजासिलो हासो, ढल्कीन लागेको उमेर हात पाखुराका बाक्लिदो छाला, तिम्रो लरक्क परेको कपाल, तिम्रो मायाको आभासले झझल्काउदाको याद मेटाउन मेरो मस्तिष्का आउने सम्झनाका अनगिन्ति छालहरुले मलाइ बेला बेला बिक्षिप्त गराइरहेको छ ।
समय, आयु, दुस्मन र मित्रहरु कोहिपनी स्थिर हुदैनन् भन्ने सुनेको थिए । तिमिले मलाइ असिम माया गर्दागर्दैपनी म तिम्रो छहारीबाट टाढा भइरहेको छु, म यति टाढा हुदाँपनी तिमिले मलाइ दिएको मायाले जीतेमा म अपराधि बन्न सक्छु , तेसैले मुटुभरीको माया दिइ नसम्झनु मलाई, म ति रुझेका परेलीहरुका आसु देख्दिन, न त सक्छु तिम्रा नयनका आसु पुछ्ने हात लम्काउन, म त सक्छु केवल तिमिलाइ मेरो यादमा तड्पिने, एकोहोरीने र भोक नलागी बिरामी बनाउन मात्र । के गर्ने संसारै यस्तै रहेछ । नेबार बा ले भन्थे नि ,बाउ आमाको मन छोराछोरी माथी, छोराछोरीको मन ढुङ्गा माथी भनेर, सायद तिमिलाइ तेस्तै अनुभुति भएको हुनुपर्छ ।
आमा पैसा ठुलो त हैन, तर पैसा बिना केहि छैन, भन्ने कुरा तिमिले पनी त राम्ररी जानेकी छौ नि । तिम्रो दाँत दुख्दा, टाउको दुख्दा खेतको कामगरी हिलोले खुट्टा खादा, बिना पैसा कही पनी उपचार भएको मैले देखीन । यथार्थ कुरामा भन्नुपर्दा गरीबिको बिल्ला भिडाउने समाजका नाइके भित्र भित्र को को सगँ काधमा काध हालेर कहाँ कहाँ पुगिसके, बिल्ला भिर्ने हाम्रा आफन्ती चाँही त्यही बिल्लाले गर्दा हामी जस्ता आफन्तलाइ यहाँ चिन्न छाडिसके । न त हामी बदलियौँ, न त बदलिएको हो गाउँ , बदलियो त केबल समय । समय अनुसार त आचरण गर्नै पर्ने रहेछ नि त । यो सबै समय र परिस्थितिको खेल हो । असल गुरु त जिन्दगी रहेछ, जिन्दगीले नै जिन्दगीका अनेकौ पाठहरु सिकाउदै आइरहेको छ , ।

छोटो जिबन, अनगिन्ती सपना र चाहना, रहर अनि रित्तो गोजी अनि धेरै बाध्यता, भनिन्छ समय सगैँ सबथोक बदलिन्छ भनेर तर तिमिले मलाइ गर्ने माया र मेरा लागी तिम्रा आखाँबाट रसाउने आसुका चिस्यान कुनै पनी समय सगँ बदलिन सक्ने छैनन् । तिमिलाइ जन्मसिद्घ प्रेम र असल साथ दिन सकेको छैन मैले, तर तिमी मेरो सम्झनामा आसुका तरेलीहरु बर्खाको भेल सरी नबगाउ बिन्ती । नत्र तिम्रो जलेको मुटुलाइ, मेरो आभाषको लागी बिलौना गरेका आसुले निभाउन सक्ने छैनन् । म पनी कसरी बिर्सु तिमिलाइ तिम्रो सम्झनाका असिम छालहरुले यि नयनलाइ पनी रुजाइ राखेका छन् । तर मलाइ थाहा छ तिम्रो मन, मुटु चिरा परेको छ । समयले जिउन र परिस्थितिले सघंर्ष सिकाएको छ, बस् मेरो सास रोकिनु भएन र मेरा पाइलाहरु थाकेनन् भने सानो झुप्रोलाइ पनी महल मानी बसौला । जिबनमा बिर्सिएर पनी आखाँ र मनलाइ हल्का नबनाए आमा, कि न कि सियो डुबाउने समुन्द्रले पनी सुकेको हल्का काठलाइ बगाइदिन्छ, हल्का बनेमा जिबनका अनेकौ चुनौती पार गर्न निकै अप्ठेरो पर्छ । केहि दिन धैर्य गर हामिलाई छुट्टाएको समय बदलदै छ, त्यो समयलाइ बदला लिन त बाकी नै छ नी ।।।

उही तिम्रो अभागी छोरा
भिमगोठे साइलो

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।