प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, असोज १७

प्रदेश ५ का मुख्यमन्त्रीलाई लक्षितगरी ढुङ्गा प्रहार भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडी लक्षित गरी आइतबार साँझ सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–११ मिलनचोकमा केही व्यक्तिले ढुङ्गाा प्रहार गरेको एक प्रतक्ष्यदर्शीले बताएका छन् ।

ढुङ्गा कसले किन प्रहार गरे भन्नेपनि यकिन नभएपनि प्रदेश राजधानी प्रस्तावको विषयमा विरोध र आन्दोलन चर्किरहेको बेला सो को प्रतिशोध हुन सक्ने आंकलन गरिएको छ । मुख्यमन्त्री काठमाण्डौंबाट आजै फर्केको अवस्था रहेको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले ग्लोबल आवाजलाई बताए । उनी काठमाण्डौंबाट हवाइ जहाजमार्फत भैरहवा हुँदै भैरहवाबाट गाडीमा बुटवल निवासमा आउँदै थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेकपा महासचिव पौडेलको माग दाङमा राजधानी राख्ने निर्णय सच्चाउ
अगिल्लो पोस्ट वाणगंगामा पुनः रेडियो कक्षा संचालन हुँदै