भारतमा कोरोनाबाट ज्यान जानेको संख्या एक लाख बढी

सेयर गर्नुहोस्
486Shares

ई-साझाकुरा, असोज १७

भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।

गएको २४ घण्टामा एक हजार ७१ जनाको ज्यान गएसँगै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८ सय ७५ पुगेको वल्डोमिटरले जनाएको छ ।

यस्तै २४ घण्टामा झण्डै ८० हजारको रिपोर्ट पोजेटिभ आएसँगै भारतमा सङ्क्रमितको संख्या ६४ लाख ७१ हजार नाघेको छ । कोरोना सङ्क्रमित धेरै भएको देशको सूचीमा दोस्रो स्थानमा रहेको भारतमा ५४ लाख २५ हजार निको भएका छन् ।

कोरोना सङ्क्रमण निको हुनेमा भारत विश्वमै सबैभन्दा अगाडि रहेको हो । यसले निकै राहत दिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कोरोनाबाट संक्रमित डोनाल्ड ट्रम्पलाई अस्पताल लगियो
अगिल्लो पोस्ट सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा चार लाख अबैध भारतीय रकम सहित मानिस पक्राउ