आईपिएल : तेस्रो खेलमा पराजित चेन्नई

सेयर गर्नुहोस्
199Shares

ई–साझाकुरा, असोज १७

आइपिएल क्रिकेटमा चेन्नई सुपरकिंग्स लगातार तेस्रो खेलमा पराजित भएको छ। चेन्नईलाई शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावादले ७ रनले पराजित गरेको हो।

पहिलो खेलमा जित निकालेको चेन्नई त्यसपछिका तीन खेलमा पराजित भइसकेको छ। जसका कारण चेन्नई २ अंकसहित अंक तालिकाको पुछारमा छ। हैदरावाद भने चार खेलबाट चार अंक जोड्दै अंक तालिकाको चौथो स्थानमा छ।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन जोड्यो। जोनी वायस्टो पहिलो ओभरमा रनको खाता नै खोल्न नपाइ आउट भएका थिए। त्यसपछि कप्तान डेभिड वार्नरले २८ रन र मनिष पाण्डेले २९ रन बटुले। केन विलियमसन ९ रनमै रनआउटको सिकार भए।

त्यसपछि प्रियम गार्ग र अभिषेक शर्माले हैदरवादको इनिङ उकासे। प्रियमले २६ बलमा नटआउट ५१ रनको योगदान दिए। अभिषेकले २४ बलमा ३१ रन जोडे।

बलिङमा चेन्नईका दिपक चाहरले २ विकेट लिए।

१६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १५७ रन मात्र जोड्न सक्यो।

चेन्नईका लागि रविन्द्र जडेजाले ५० रन र कप्तान महेन्द्रसिंह धोनीले नटआउट ४७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। धोनीले ३६ बलमा ४ चौका र १ छक्का हिर्काए। जडेजाले ३५ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

बलिङमा हैदरावादका टी नटराजनल २ विकेट लिए भने भुवनेश्वर कुमार र अब्दुल समादले १-१ विकेट लिए।

आइपिएलमा शनिबार दुई खेल हुँदैछन्। रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच पौने चार बजे तथा दिल्ली क्यापिटल्स र कोलकता नाइटराइडर्सबीच पौने आठ बजे खेल हुनेछ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट प्रदेश ५ : राजधानी प्रस्तावीत स्थानमा जग्गाको कित्ताकाट गर्न निषेध ।
अगिल्लो पोस्ट नेकपाको सचिवालय बैठक आज