प्रदेश नम्ब ५ : स्थायी राजधानी दाङको भालुवाङ बनाउने , नाम लुम्बिनी

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, असोज १६

देश नम्बर ५ को स्थायी राजधानी दाङ जिल्लाको भालुवाङ बनाउने सहमति जुटेको छ । प्रदेश ५ सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानी भालुवाङ  बनाउने निर्णय गरेको हो ।

यसअघि नै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले प्रदेश ५ को स्थायी राजधानी भालुवाङलाई बनाउने पक्षमा सहमति जुटाइ सकेका थिए ।

मन्त्रिपरिषदको यो निर्णयसँगै भालुवाङ बजारलाई केन्द्रमा बनाएर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई समावेश गरेर प्रदेशको राजधानी बन्ने भएको छ ।

यसैबीच आजै बसेको प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित गरेको छ । प्रदेश राजधानी र प्रदेशको नामबारे प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रदेशको नाम र राजधानी तोक्ने अधिकार सविधानत प्रदेश सरकारलाई छ । मन्त्री केसीले प्रस्ताब पेस गर्दै गर्दा केही सांसदहरुबाट बिरोधसमेत भएको थियो । यसअघि प्रदेश ५ को राजधानीका बिषयमा रुपन्देही र दाङको चर्चा हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अर्घाखाँचीका सिडियो तथा सहायक सिडियोमा कोरोना संक्रमण पृष्टि
अगिल्लो पोस्ट पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना संक्रमण