अर्घाखाँचीका सिडियो तथा सहायक सिडियोमा कोरोना संक्रमण पृष्टि

सेयर गर्नुहोस्
32Shares

ई–साझाकुरा, असोज १६

 

अर्घाखाँचीका जिल्ला प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल तथा सहायक जिल्ला अधिकारी विक्रम थापा सहित ६ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।जिल्ला प्रमुख अधिकारी तथा सहायक जिल्ला प्रमुख, सुरक्षागार्ड, तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पृष्ठि भएको हो ।

सन्धिखर्क नगरपालिका भुजुंडे तथा शितगंगा नगरपालिका १२ मा पहिलोपिडितलाई राहत वितरण गरेर फर्केपछि जिल्ला प्रमुखलाई ज्वरो, रुघाखोकी लागेको र कोरोना आशंकामा यहिँ बिहिबार पिसिआर रिर्पोट पोजेटिभ आएको । स्वाव संकलन पछि परिक्षणको लागि कोभिड–१९ परिक्षण प्रयोगशाला गुल्मी पठाइएको थियो ।

 

यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या ४०७ रहेको छ ।

अहिले सम्पुर्ण संक्रमितको अवस्था सामान्य रहेको छ । यद्यपी सहायक जिल्ला अधिकारीलाई भने अहिले सम्म कुनै लक्षण देखिएको छैन् ।जिल्ला प्रशाशनले भने राहत वितरण कार्यक्रममा जादाँ संक्रमण भएको भन्दै विज्ञप्ती निकालेको छ ।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट डाक्टर केसीलाई सरकारको जवाफ – यो असामान्य अवस्थामा अनसन सुहाउँदो विषय होइन
अगिल्लो पोस्ट प्रदेश नम्ब ५ : स्थायी राजधानी दाङको भालुवाङ बनाउने , नाम लुम्बिनी