खुल्लामञ्चमा बाबुरामले सर्वसाधारणलाई खाना खुवाए

ई–साझाकुरा, असोज १४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता डा.बाबुराम भट्टराईले राजधानीको खुल्लामञ्च पुगेर सर्वसाधारणका लागि खाना खुवाएका छन् । बुधबार बिहान खुल्लामञ्च(पुरानो बसपार्कस्थल) पुगेर नेता भट्टराईले सर्वसाधारणलाई खाना खुवाएका हुन् ।

कोरोना महामारीका कारण भएको लकडाउनका कारण कष्टप्रद जीवन विताउँदै आएका सर्वसाधारणलाई यसअघि देखिनै हाम्रो टिम नेपाल नामको संस्थाले त्यहाँ खाना खुवाइँदै आइरहेको छ । डा. भट्टराईले करिब आधा घण्टा सर्वसाधारणलाई  खाना बाँडेका थिए । खाना बाँड्दा उनले सर्वसाधारणहरुसँग केहीबेर कुराकानी समेत गरेका थिए । भट्टराईसँग जसपाकी नेतृ हिसिला यमी पनि पुगेकी थिइन् ।

 

प्रतिक्रिया