अज्ञात समुहद्वारा वडाध्यक्ष माथि धारिलो हतियार प्रहार

सेयर गर्नुहोस्
8Shares

ई–साझाकुरा, असोज १४

मंगलबार राति कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिंह धामीमाथि धारिलो हतियार प्रहार भएको छ । वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा हतियारधारी अज्ञात समुहद्वारा आक्रमण भएको जनाइएको छ । उनको पेट र छातीमा गहिरो चोट छ ।

साँझ नगरपालिकाको बैठक सकेर कार्यालयबाट मोटरसाईकलमा घर फर्किने क्रममा क्षेत्रीय कृषि कार्यालयदेखि पुर्व कल्र्भट सडकमा हमला भएको हो । ‘म मोटरसाईकल चढेर घर जाँदै थिए, ‘वडाध्यक्ष धामीले भने, ‘सडकमा ८/१० युवक थिए, टाटैबाट हर्न दिएर पनि बाटो छाडेनन्, मास्कले चिन्न सकिन, म ढले, त्यसपछि मलाई होस नै भएन, ‘सडकमा केटा थिए, तर मलाई महिलाले घर पु¥याएपछि होस आयो ।’

पेट दुख्न थालेपछि मात्रै पेटमा घाउ भएको देखेर घर परिवारले उनलाई महाकाली अस्पताल ल्याईएको थियो । उनको पेटको घाउमा पाँच टाँका लगाइएको छ ।

सरकारले सुन्दरपुर क्षेत्रको जमिनको विवाद ढुङ्गो लगाउने निर्णयसंगै आफुमाथि केही भूमाफिया समुहले युवक लगाएर हमला गर्न लगाएको वडाध्यक्षको आरोप छ । ‘अरु कोही होईन, मेरो वडाको विकास निर्माणको विषयमा कुनैपनि मानिस संग विवाद नै छैन, ‘अध्यक्ष धामीले भने, ‘मलाई यही भू माफिया समुहले सिध्याउन आक्र्रमण गरे ।’

घाईते वडाध्यक्ष धामीलाई भेट्न बेदकोट नगरका मेयर अशोक कुमार चन्द सहितका जनप्रतिनिधी, नेकपा नेता, एव स्थानीय आएका थिए ।

घरपरिवार, बेदकोटका जनप्रतिनिधीले धामीमाथि हमला गर्ने समुहको पहिचान गरि कार्बाहीको दायरमा ल्याउनुपर्ने माग गरेका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बारे अनुसन्धान भईरहेको बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कर्मचारीमा कोरोना देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति बन्द
अगिल्लो पोस्ट मस्जिद तोडफोडको २८ वर्षपछि आडवाणी–मुरली मनोहरसहित ३२ जनालाई सफाइ