धावनमार्ग विस्तार गरेर पहाडका विमानस्थलमा ठूला जहाज उडाउने योजना असफल

ई–साझाकुरा, असोज १४

पहाडी क्षेत्रका विमानस्थल विस्तार गरी ४० सिट क्षमताको जहाज उडाउने योजना तत्काल असफल भएको छ।

daraz

नेपालमा विमानस्थल निर्माण तथा सञ्चालनको काम पनि गरिरहेको हवाई क्षेत्रको नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रारम्भिक अध्ययनबाट सम्भव नहुने देखिएको हो।

अहिले भएका कतिपय विमानस्थलको धावनमार्गको लम्बाइ विस्तार गरी एटिआरले ल्याउँदै गरेको छोटो धावनमार्गमा पनि उडान गर्न मिल्नेगरी जहाज उडान सकिने बारेमा प्राधिकरणले अध्ययन गरेको थियो।

उक्त अध्ययनबाट तत्काल सम्भावना नदेखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए।

अधिकांश पहाडी क्षेत्रका विमानस्थलको धावनमार्ग ६ सय मिटर रहेको छ। छोटो धावनमार्ग हुँदा उडान तथा अवतरणमा केही बाधा उत्पन्न हुने भन्दै प्राधिकरणले विस्तार गर्न सकिनेबारे अध्ययन गरेको थियो। ‘तर हामीले गरेको अध्ययनबाट सम्भव देखिएन’ पोखरेलले भने।

अधिकांश पहाडी क्षेत्रका छोटा धावनमार्ग भएका विमानस्थलमा १९ सिट क्षमताका जहाजमात्र उडान तथा अवतरण गर्न सक्छन्। यसले गर्दा दुर्गमको हवाई यात्रा महँगो हुने गरेको छ।

जहाज प्रविधिमा भएको पछिल्ला केही परिवर्तनले छोटै धावनमार्ग भएका विमानस्थलमा पनि धेरै यात्रु क्षमता भएका जहाज उडान तथा अवतरण गर्नसक्ने छन्।

यसमध्ये एटिआरले पनि पछिल्लो जहाज ल्याउने तयारी गरिरहेको छ।एटिआर ४२-६०० एस सिरिजको उक्त जहाज ल्याउनका लागि एटिआरले तयारी गरिरहेको छ। उसले ल्याउन लागेको उक्त जहाज ८ सय मिटरको धावगनमार्गमा उड्न सक्ने छ।

जहाजले ४० जहाज यात्रु बोक्ने क्षमता राख्ने छ। यो जहाज नेपालका कति विमानस्थलमाा उडान सकिने बारेमा भएको अध्ययनबाट तत्काल सम्भव नदेखिएको पोखरेलले जानकारी दिए। पहिलो चरणमा  जुम्ला र जोमसोम विमानस्थलमा रहेको धावनमार्ग  विस्तार गर्न सकिने वा नसकिनेबारे अध्ययन भएको थियो।

नेपालमा अहिले कूल विमानस्थलको संख्या ५५ पुगेको छ। यसमा अधिकांश साना विमानस्थल छन्। पहाडी तथा हिमाली क्षेत्रमा साना विमानस्थल छन्।५५ मध्ये ३४ विमानस्थल कालोपत्रे भएका छन्। यी विमानस्थल १२ महिना उडान तथा अवतरण गर्न योग्य हुन्।

हालसम्म १८ विमानस्थल भने सञ्चालनमा छैनन्।

प्रतिक्रिया