सन्तोष ओलीका दुई मुक्तक

सेयर गर्नुहोस्
96Shares
संतोष_ओलि / कपिलवस्तु
मुक्तक
गरेर श्रम साउको ऋण फाल्नै सकिन
दुख धेरै भयो घरपरिवार पाल्नै सकिन
घर अनि देश प्यारो हुँदै परदेशिए म
पानी चुइने छानो मेरो टाल्नै सकिन

मुक्तक
धनी-गरिब मानिस दुइटै फरक के छ
निद्रा एउटै भोक एउटै फरक के छ
म बस्ने झुपडी हजुर बस्ने महल भो
जन्मदिने कोख न हो छुटै फरक के छ
संतोष_ओलि / कपिलवस्तु
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रुपन्देहीमा करेन्ट लागेर एक जनाको ज्यान गयो ।
अगिल्लो पोस्ट प्रदेश ५ : मन्त्रालयका विवादास्पद कागजात अख्तियारको नियन्त्रणमा