रुपन्देहीमा करेन्ट लागेर एक जनाको ज्यान गयो ।

असोज १२ रुपन्देही ।

रुपन्देहीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका वडा नम्बर ४ फर्साटिकरमा राधा आचार्यको निर्माणधीन घरमा प्लास्टर लगाउने क्रममा नाड्गो तारलाई छुँदा स्थानीय ४० बर्षका तारा सिंह थारुको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएका थारुको उपचारका क्रममा लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।यता बुटवल उपमहानगरपालिका वडा नम्बर ६ शान्तिनगरस्थित तिनाउ खोलोको छेउमा एक नवजात शिशु मृतावस्थमा फेला परोको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया