सरकारी दर्ता विनै ‘ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल’ संचालनमा रहेकाे खुल्यो

ई–साझाकुरा, असोज ११

नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढेसँगै विशिष्ठ व्यक्तिहरुमा पनि संक्रमण देखिन थालेको छ । विशेषगरी काठमाडौं उपत्यका हटस्पट बनेका कारण पनि उपत्यकामा रहने हाइप्रोफाइल व्यक्तिहरुमा संक्रमण देखिएको मानिन्छ ।

कोरोना संक्रमण फैलिँदै जाँदा व्यक्तिगत सुरक्षा अपनाउँदै अरुको सुरक्षाको जिम्मेवारी लिनेहरुमा समेत कोरोना संक्रमण भएको छ । ‘भीआईपी’हरुमा समेत कोरोना संक्रमण धमाधम देखिन थालेपछि संक्रमण नियन्त्रणप्रतिको जागरुकता त केही बढेको छ ।

तर, अझैपनि पर्याप्त तयारी र चेकजाँचको सहज उपलब्धता भने हुन सकेको छैन । नेपालमा कोरोना संक्रमितको सख्या ७१ हजार ८ सय पुग्दा उच्च सुरक्षा सर्तकतामा रहने भीआईपीहरुमा समेत संक्रमण बढ्दो छ ।
पछिल्लो समय शनिबार प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
यसअघि शुक्रबार ललितपुर महागनरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पोजेटिभ देखिएको थियो । उसो त यस अघि कोरोना संक्रमित हुने भिआइपीहरुको सूची लामो छ । नेपाली कांग्रेसका महामन्त्री शसांक कोइराला कोरोना संक्रमित भएर बिहीबार मात्रै कोरोनामुक्त हुनुभएको छ ।
काठमाडौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्य केहि दिन अघि मात्रै संक्रमणमुक्त हुनुभएको छ । संक्रमण भए पनि अधिकांशले कोरोना जितिसकेका छन् ।
जस मध्ये प्रतिनिधिसभाका सांसद प्रदीप यादव, प्रतिनिधिसभा सांसद तथा फोब्र्सको सूचीमा सूचीकृत नेपाली विनोद चौधरी, सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा सूर्यनारायाण यादव, अछाम २ बाट निर्वाचित सांसद यज्ञबहादुर बोगटी, बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ, कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाही, प्रदेश न १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश नं २ का आन्तरिम मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, प्रदेश सांसद रिना यादव कोरोना संक्रमित भएर अहिले संक्रमण मुतm भएका छन् ।

यस्तै वीरगञ्ज dहानगरपालिकाका मेयर विजय सरावगी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरे, संघीय सांसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे पनि कोरोना संक्रमण भएर अहिले निको भएका छन् ।
नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामा पनि कोरोना संक्रमणका कारण अहिले आइसोलेशनमा हुनुहुन्छ । उसो त शीर्ष नेताका सुरक्षामा खटिएका प्रहरीमा समेत कोरोना पुष्टि भएको छ । पुष्पकमल दाहाल प्रचण्डको सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना सक्रमण देखिएको थियो ।

साथै उर्जा मन्त्री बर्षमान पुन तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका प्रहरीमा समेत संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान तथा नेपाली सेना गरि करिब ६ हजार सुरक्षाकर्मी कोरोना संक्रमित भएका छन्
त्यस्तै खेल जगतमा पनि कोभिड १९ संक्रमण पाइएको थियो । तीमध्ये नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा संक्रमण पुष्टि भएको थियो । यद्यपी उनको नाम भने खुलाइएको थिएन ।
स्क्वासका प्रशिक्षक हिरा थापा पनि संक्रमित हुनुभएको थियो । यस्तै कलाकारमध्ये वरिष्ठ लोकगायक प्रेम राजा महत र उहाँकी श्रीमती कविता केसीमा कोभिड १९ पुष्टि भएको थियो । कतिपय कलाकारहरुले कोभिड संक्रमण भएको नखुलाएको पनि पाइएको छ ।

 

प्रतिक्रिया