ई–साझाकुरा, असोज ११
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ ।
उनी तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । दीर्घरोगबाट ग्रसित उनको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उहाँ लामो समय देखि दीर्घरोगको ग्रसित हुनुहुन्थ्यो ।
यसअघि गत भदौ १४ गते यसै नगरपालिका–७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।